बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

<span class='c1'>बोलेरोको ठक्करबाट</span> <span class='c2'>एकजनाको मृत्यु</span>

सुनसरी

सुनसरी बराहक्षेत्र नगरपालिकामा बोलेरोको ठक्करले एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङ रहेका छन्को। मोटरसाइकलमा सवार उनको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको हो ।
बुधबार मध्यराति पौने १२ बजे बराहक्षेत्र नगरपालिका -५ भरोल बाट दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जानकारी दिएअनुसार घाईते मध्ये डिगन गुरुङको घोपा धरानमा उपचारको क्रममा सोही राती पौने १ बजे मृत्यु भएको थियो भने कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भईरहेको छ । साथै ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा रहेको पनि कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्