समाजसेवि पोख्रेलद्वारा आश्रमलाइ भाडाकुडा सहयोग

समाजसेवि  पोख्रेलद्वारा आश्रमलाइ भाडाकुडा सहयोग

बिराटनगर स्थित पुर्वान्चल बाल आश्रमलाइ समाजसेवि हरि पोख्रेलले आश्रमलाई आवश्यक रहेका भाडाँँकुडाँ सहयोग गरेका छन् । पहिला देखि नै आफुले आश्रमलाई निरन्तर सहयोग गर्दै आइरहेको र सहयोग गर्दा आफुलाइ धेरै खुशी मिल्ने गरेको पोख्रेलले जानकारी दिए । हाल आश्रममा करिब ९० जना जति बालबालिकाहरुले आश्रय लिहिरहेका छन् । उनिहरुको लागि एउटा १० लिटर को कुकर, डेक्ची, बाल्टी, कराइ, थाल, बोटुका, गिलास लगायतको खाना पकाउन आवस्यक सामाग्रीहरु पोखरेलले हस्तान्तरण गरेका छन् । आश्रमकी सन्चालक सीता पोख्रेलले उक्त सहयोग सानै भएपनी आश्रमलाइ चाहिएको अत्यावश्यक सामाग्री भएकोले आश्रमलाइ ठूलो राहात मिलेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्