ताप्लेजुङको आगलागी नियन्त्रण बाहिर, ४० घर जले

<span class='c1'>ताप्लेजुङको आगलागी नियन्त्रण बाहिर,</span> <span class='c2'>४० घर जले</span>

विराटनगर । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ ।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।    स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्