अन्र्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

<span class='c1'>अन्र्तराष्ट्रिय महिला दिवसमा १३</span> <span class='c2'>स्वास्थ्यकर्मी सम्मानित हुने</span>

विराटनगर । १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।

कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय र सामाजिक संघ÷संस्थाहरुको आयोजनामा दिवस मनाईने उहाँले बताउनुभयो । उहाँका अनुसार फागुन २४ गते विहान जिल्ला प्रशासन प्राङ्गणबाट विहान ७ वजे शुरु हुने ¥याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुने छ । साँझ विराटनगर ट्राफिक चौकमा दिपप्रज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले बताउनुभयो ।

१११ औं अन्र्तराष्ट्रिय महिला दिवस महिलाको सुरक्षा, सम्मान रोजगार :समृद्ध नेपालको आधार भन्ने नाराका साथ ८ मार्च अर्थात फागुन २४ गते मनाईदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्