मोरङको सुन्दरहरैंचाबाट लागुऔषध सहित ५ जना पक्राउ

<span class='c1'>मोरङको सुन्दरहरैंचाबाट लागुऔषध सहित</span> <span class='c2'>५ जना पक्राउ</span>

विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई सोमबार राती ८ बजे नियन्त्रणमा लिइएको हो ।

प्रहरी टोलीले सुन्दरहरैंचा १० बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गांजा २०० ग्राम फेला पारेको छ । प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्