ईलाम
ईलाम सुर्योदय नगरपालिका-३ रुङसुङमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएअनुसार मे१ज १२४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना भएको थियो | घाइते चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो |