विराटनगरका नागरिकलाई आपतकालिन अवस्था आईपरे महानगर उद्धार गर्न तयार

<span class='c1'>विराटनगरका नागरिकलाई आपतकालिन अवस्था आईपरे</span> <span class='c2'>महानगर उद्धार गर्न तयार</span>

विराटनगर
विराटनगरमा स्थानिय आपतकालीन अवस्थामा नागरिकको सुरक्षा एवं जनधनको क्षति न्यूनीकरण गर्नका लागि विशेष योजना सञ्चालन केन्द्रको ल्याइएको छ ।
केन्द्रको विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली र प्रमुख प्रशाककीय अधिकृत उमेश बस्नेतले लगायतले आपतकालिन केन्द्रको उद्घाटन गर्नुभएको छ ।
विराटनगर ३ स्थित मानगढ कार्यालयमा २४ सै घन्टा नागरिकको सुरक्षाको निम्ती संचालनमा ल्याइएको हो । नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नलाई ‘स्थानीय आपत्कालीन’ का लागी कार्यालय सञ्चालनमा ल्याइएको छ ।

नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यूनमा मद्धत पुग्ने मेयर भीम पराजुलीले बताउनुभयो । महानगर भित्रका नागरिकलाई भोलीको दिनमा जुनसकै आपतकालिन अवस्थामा उद्धार गर्नको लागी यस केन्द्रले ठूलो सहयोग मिल्ने बताउनुभयो । विराटनगरमा बढी डुवानको समस्या हुने भएका कारण यस आपतकालिन केन्द्रबाट तत्काल उद्धारको निम्ती यहाँ खटिएका कर्मचारी र नगर प्रहरीले सधैव तयार रहने पुराजुलीले बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जिल्ला विपद् व्यवस्थापनको सहकार्यमा आपत्कालीन सेवाबाट कार्य सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । हाल कार्यलयमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री रहेको र आवश्यकतानुसार पछि थप गर्दै जाने योजना रहेको बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्