खुल्ला रक्तदान कार्यक्रमबाट ६० युनिट रगत संकलन

<span class='c1'>खुल्ला रक्तदान कार्यक्रमबाट ६०</span> <span class='c2'>युनिट रगत संकलन</span>

विराटनगर

विराटनगर स्थित ट्राफिक चोकमा आज विराट होटेल व्यवसायी संघद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ६० जनाले रगत दान गरेका संघका अध्यक्ष विजयराज प्रसाईले जानकारी दिएका छन् ।

बिराटनगरमा देखिने रगतको अभाव र आवश्यकतालाई मध्यनजर गर्दै हरेक वर्ष विराट होटेल व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको प्रसाई बताए। साथै उनले यस संघमा बिराटनगर भित्र रहेका होटेल, लज , गेष्ट हाउस गरि ५५ वटा व्यवसाय आबद्ध रहेको बताए।

सोहि अवसरमा बिराट अस्पतालमा आफ्नी श्रीमतीको रगत अभावले उपचार कसरि गर्ने भनि चिन्तित रहेका सप्तरीका रमेश कुमार चौधरीले पनि त्यहि कार्यक्रमबाट आफुले श्रीमतीको उपचारका लागि रगत पाएकोमा खुशी ब्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्