विराटनगरदेखी फाफ्लुसम्मको मोटर र्याली हुँदै

<span class='c1'>विराटनगरदेखी फाफ्लुसम्मको मोटर</span> <span class='c2'>र्याली हुँदै</span>

‘एक्स्प्लोर ईष्ट (अन्वेष्ण पूर्व)’ भन्ने मूल नारा सहित नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले मोटर र्याली गर्ने भएको छ ।
नेपाल युवा यद्यमी मंच च्याप्टरले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र १२ मोटर र्याली गर्ने जनाएको छ ।

विराटनगरबाट प्रारम्भ हुने मोटर र्याली वर्दिवास–घुर्मी हुँदै फाफलुसम्मको ८ सय किलोमिटरको यात्रा तय गरिएको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
आयोजका अनुसार एउटा मोटरमा ४ जना सवारी रहेने गरी पन्द्र वटा सवारी साधनको सहभागिता रहेने उक्त र्यालीमा सोहि बाटो हँदै १४ गते पुनः विराटनगर फर्कने छ ।
मोटर र्यालीमा सहभागि हुने प्रतिव्यक्ति १५ हजार सहभागिता शुल्क तोकिएको नेपाल युवा उद्यमी मंच, विराटनगर च्याप्टका अध्यक्ष सृजन प्याकुरेलले जानकारी दिए ।

पछिल्लो समय कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुर्नजिवित गरी आन्तरिक पर्यटनलाई पूर्ववत अवस्थामा फर्काउने उद्देश्यले आयोजना गरिएको सो म र्याली सहभागिहरुका लागि फाफ्लुमा दुई दिनको रात्री वासका साथै, खाना, खाजा र प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
कन्ट्रोल लुव्रिकेन्टस मुख्य प्रायोजक रहेको मोटर र्यालीको सह–प्रायोजक माउन्ट भिल्ला, आर.सी.कोला, जी पावर र ओल्ड मन्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्