नितेश मृत्यु प्रकरण : चोटपटक सहित मृत अवस्था भेटिएका कान्छाको शव आफन्तले जिम्मा लिन मानेनन्

<span class='c1'>नितेश मृत्यु प्रकरण : चोटपटक सहित मृत अवस्था</span> <span class='c2'>भेटिएका कान्छाको शव आफन्तले जिम्मा लिन मानेनन्</span>

प्रेम देवान

विराटनगर । गएरातीदेखी परिवारसँग सम्पर्क विहिन रहेका विराटनगर महानगरपालिका – ३ आयल निगम पूर्व घर भएका ‘कान्छा’ भनिने ३५ वर्षिय नितेश कुमार राई मृत अवस्थामा भेटिएका छन् ।
राईको शुक्रबार विहान विराटनगर १९ मा निर्माणाधिन रहेको अन्र्तराष्ट्रिय रंगशाला नजिकैको पिपलको रुख मुनी उनको शव भेटिएको थियो । मृतकको घाँटीमा नाइलनको डोरीले बेरिएको र बंगरा भाँच्चिएको तथा जिउमा निलडाम रहेको कान्छाका साथी विमल भटराईले जानकारी दिनुभयो । घटनाको प्रकृतिले आत्मा हत्या नभएर हत्या नै भएको भट्राईको दावी छ । शव भेटिएको स्थान राईको घरदेखि करिब दुई किलोमिटर पूर्वमा पर्दछ ।

मृत भेटिएका कान्छा भाई हिजो बिहान आयलनिगम नजिकै रहेको आफ्नो घरबाट काम छ भन्दै निस्किएपनि बेलुकी घर नफर्किएको मृतकका दाजु रामबहादुर राईले जानकारी दिनुभयो । स्थानियबासीले रुख मुनि मृतकको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । राईको शरिरमा निलडाम र अनुहारमा चोटपटक पनि देखिएकोले शंकास्पद रूपमा मृत्यु भएको भन्दै परिवारका आफन्तले गहन अनुसन्धान गर्न माग राखेका छन् ।
‘भाइको मृत्यु शंकास्पद रहेको छ,’ मृतकका दाजु रामबहादुर राईले भने, ‘यस घटनामा प्रहरी प्रशासनले निष्पक्ष छानविन गरि घटना बाहिर ल्याउनुपर्दछ ।’ बिहीबार दिउँसोदेखि राई सम्र्पकबिहीन भएको परिवारले जनाएको छ । प्रहरीले पोस्माटमको लागि अहिले विराटनगरस्थित कोशी अस्पताल लगेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
‘प्रहरी निरीक्षको नेतृत्वमा गएको टोलीले घटना मुचुल्का उठाएर शवलाई पोस्माटम गरिन अस्पताल लगिएको छ,’ एसपी खड्काले भने, ‘पोस्माटम रिपोट आएपछि थप खुल्नेछ ।


अहिले अनुसन्धानको क्रममा छौं ।’ मृतक राईको घाँटीमा डोरी प्रयोग गरेर पनि आत्महत्या गरेको पनि हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘डोरी पनि चुडिएको भेटिएको छ । डोरी चुड्दा चोटपटक लागेको हुनसक्दछ । सबैकोणदेखि अनुसन्धान सुरू गरेका भएको छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । मृतकका आफन्तले कान्छाको हत्या गरेपछि झुण्डाएर मारेको दाबी गरेका छन् । मृतकका आफन्तले भने हत्यामा संलग्नको पक्राउ नगरे सम्म शव जिम्मा नलिने बताएका छन् । हाल शव कोशी अस्पतालको शवगृहमा नै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्