विराटनगरमा फेरी भेटिन थाले कोरोना भाईरसका नयाँ संक्रमित

<span class='c1'>विराटनगरमा फेरी भेटिन थाले</span> <span class='c2'>कोरोना भाईरसका नयाँ संक्रमित</span>

विराटनगर । विराटनगर महानगरपालिकामा गएको ३ दिन यता चार जना कोरोनाको भाईरस कोभिड १९ को नयाँ संक्रमित भेटिएका छन् ।कोभिड १९का संक्रमितहरुको दर केही महिनायतादेखि सुस्ताएर गएकोमा पुनःनयाँ विरामी भेटिन थालेका हुन् ।महानगरपालिका भित्र विहिबार तिन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् ।

कोशी अस्पतालको पिसिआर ल्यावमा कुल ३० जनाको पिरिआर परिक्षण गर्दा चार जनामा कोरोना पोजिटिभ आएको हो ।यो सगै विराटनगर महानगरमा पुनःकोरोनाको जोखिम बढने सक्ने सम्भावना देखिएको छ । कोरोना नँया सक्रमिति चार जना नै भारत गएर फर्किएका उनीहरुमा कोरोना देखिएको कोशी अस्पताल कोभिड १९ पिसिआर ल्यावका क्लिनिकल माइक्रो बाइलोजिष्टि प्रणवकुमार यादवले बताए ।

‘पछिल्लो दिनमा नयाँ कोरोना संक्रमित हुनेको दर शुन्यमा झरेको थियो’यादवले भने,‘विराटनगरको हकमा फेरी नयाँ संक्रमितहरु फेला पर्न क्रम देखिन थालेको छ।’नयाँ सक्रमणको दर बढन नदिन सबैले स्वास्थ्य मापदण्डलाई अनिर्वाय पालना गर्न आवश्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्