हिमालय दर्शनमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ईन्डक्सन सेसन

<span class='c1'>हिमालय दर्शनमा नयाँ भर्ना</span> <span class='c2'>भएका विद्यार्थीहरुलाई ईन्डक्सन सेसन</span>

विराटनगर

विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ ।
आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार्थीहरूलाई ईन्डक्सन सेसन सुरु गरिएको हो ।

विश्वविद्यालय, सेमेष्टर सिस्टम, मुल्याङ्कन विधी, आन्तरिक मुल्याङ्कन, निरन्तर मुल्यांकन पद्धति तथा सम्वन्धित बिषयको वारेमा जानकारी गराउने उद्देश्यले ४ दिने इन्डक्सन कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ।
कार्यक्रममा युनिभर्सिटी ग्रान्ट कमिसनका सदस्य प्रा.डा प्रमोद कुमार झा , हिमालय दर्शन कलेजका डाईरेक्टर भेषराज पोखरेल लगयात त्रिभुवन विश्व विद्यालयका विशिष्ट पदाधिकारीहरले सहजीकरण गर्ने कलेजका प्रिन्सिपल भरत सापकोटाले बताउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनको लागी यस्ता कार्यक्रमहरुले आफुहरुलाई ठूलो सहयोग मिल्ने बताए । ईण्डक्सन पश्चात कलेजले २ दिने अभिमुखिकरणको लागी धनकुटाको हिले लैजाने तयारी गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्