लियो जिल्ला परिषद ३२५ ए वानको अध्यक्षमा बिराटनगरका मुकेश पौडेल निर्वाचित

<span class='c1'>लियो जिल्ला परिषद ३२५ ए वानको</span> <span class='c2'>अध्यक्षमा बिराटनगरका मुकेश पौडेल निर्वाचित</span>

काठमाडौंमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट बिराटनगरका मुकेश पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । अध्यक्षका एकल उम्मेद्बार पौडेल गत बर्ष जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका ब्यक्ति हुन । बिराटनगर मोरङ लियो क्लबको संस्थापक सचिबका रुपमा सन २०१३ मा लियोको अभियानमा होमिएका पौडेल सो पश्चात् लियोमा सक्रिय भएर लागेका थिए ।

जब देशमा भुक्म्प आएर तह्सनहस को स्थिति थियो त्यो बेला पौडेल आफ्ना अग्रज लायन्ससँग मिलेर हातमा हात काधमा काध मिलाउदै दोलखा काठमाडौ सिन्धुपाल्चोक लगायतका क्षेत्रमा राहत बितरण गर्न खटिएका थिए।जब पुर्वि क्षेत्रमा बाढि आएर धन जन को क्षति भएको थियो पौडेल आफ्ना लियो साथिहरुको साथ लिएर बाढि पिडितको उद्दार तथा राहत बितरण मा खटिएका थिए ।
हाल ससार भर कोरोनाले दुख दिएको अबस्था छ गत बर्ष त झन देशमा लक डाउनको अबस्था थियो सो बेला मा समेत पौडेल आफ्नो स्वास्थको समेत प्रवाह नगरि त्यस बखत लायन्स रेवत बाहदुर कार्कीले नेतृत्व गरेको राहत अभियानमा होमिएका थिए र सोहि क्रममा कोरोना संक्रमित समेत भएका थिए ।

पौडेलका अनुसार आफ्नो क्षेत्रमा ८४ लियो क्लब रहेको र क्लबले गर्ने हरेक गतिविधिमा जिल्ला परिषदले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युवालाइ नेतृत्वमा ल्याउन आफ्नो पहलकदमि हुने बताए । त्यसका लागि बिभिन्न अवसर को सृजना जिल्ला परिषद्ले गर्ने र सामाजिक काम मा युवाहरुको आकर्षण बढाउन आफ्नो योगदान रह्ने तथा हाल कोरोनाका कारण उत्पन्न हुन सक्ने सम्स्या प्रति सजग रहदै चाडै सोहि अनुसारको कार्य योजना ल्याउने पौडेलले जानकारि दिए ।

त्यस्तै जिल्ला परिषद उपाध्यक्षमा काठमाडौका बिजय श्रेष्ठ निर्बिरोध भएका छन । श्रेष्ठ पनि बिगत लामो समय देखि लियोको अभियानमा लागेर सामाजिक काममा समर्पित ब्यक्ति हुन ।

पौडेल निर्वाचित भए पश्चात आफ्नो सचिवमा रोजन श्रेष्ठ र कोषाध्यक्षमा डोल्मा श्रेष्ठलाइ नियुक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्