सावाँ परिवारद्धारा सरस्वती स्कूलमा १ लाख १ हजारको अक्षयकोष स्थापना

<span class='c1'>सावाँ परिवारद्धारा सरस्वती स्कूलमा १</span> <span class='c2'>लाख १ हजारको अक्षयकोष स्थापना</span>

मोरङ

मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यसअघि २०७२ सालमा स्थापना गरिएको ५० हजार रुपैयाँको अक्षयकोषमा थप गर्दै साँवा परिवारले १ लाख १ हजार रुपैयाँ पुर्याइदिएको हो ।

सरस्वती आधारभूत विद्यालयको पहिलो अक्षयकोष निर्माणकर्ता स्वर्गीय धनबहादुर सावाँ लिम्बूले २०७२ मा ‘कालुसिंह, आइतराज र बुधरानी’ को स्मृतिमा ५० हजार रुपैयाँ अक्षयकोष निर्माण गरेका थिए । सोही कोषमा रकम थप गर्दै १ लाख १ हजार रुपैयाँ पु¥याएको अक्षयकोषको नामकरण ‘धनबहादुर–कालुसिंह वुधरानी, आइतराज’ राखिएको छ । साँवा परिवारले अक्षयकोषमा थप गरिएको ५१ हजार रुपैयाँ विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर मगर र व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरियो । स्कूलमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययरत जेहन्दार विद्यार्थीहरूलाई छात्रवृती प्रदान गरिने विद्यालयले जनाएको छ ।

अक्षयकोषका संरक्षक शुक्रहाङ सावाँ लिम्बुले विद्यालयले गरेको शैक्षिक प्रगतिको खुलेर प्रंसशा गरे । उनले आफ्नो परिवारले स्कुलको पक्षमा केही सहयोग गर्न पाउँदा निकै उत्साह बढेका बताए । उनले स्वर्गीय हुनुभएको वुवाको नाममा राखिएको अक्षयकोष सहि रुपमा सदुपयोग गरिदिन आग्रह समेत गरे । यस्ता अक्षयकोषबाट विद्यार्थीको मनोबल बढाउन थप सहयोग पुग्ने उनको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक चन्द्र मगर र व्यवस्थापन समितिका अध्यक्ष बराईलीले यस्ता अक्षयकोषले विद्यालयको गुणस्तर सुधारमा ठूलो सहयोग मिल्ने बताए । अंग्रेजी माध्यमबाट पठनपाठन सुरू भएको सरस्वती आधरभूत विद्यालयको गुणस्तर सुधारमा पूर्व विद्यार्थी, अभिभावक र शिक्षकहरू अहिले लागि परेका छन् । विद्यालयको गुणस्तर सुधारमा लागि परेपछि विद्यालयलाई सहयोग गर्ने मनकारी संघसंस्थाहरू अहिले बढेको पनि उनले बताए । - ब्लास्ट खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्