संक्रमणका हटस्पटहरुमा खण्डखण्ड गरि लकडाउन हुनसक्ने सम्भावना: परराष्ट्रमन्त्री ज्ञवाली

<span class='c1'>संक्रमणका  हटस्पटहरुमा खण्डखण्ड गरि</span> <span class='c2'>लकडाउन हुनसक्ने सम्भावना: परराष्ट्रमन्त्री ज्ञवाली</span>

विराटनगर

नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो ।

सरकारको धारणा बताउदै उहाँले “तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।”

मन्त्री ज्ञवालीले लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्ने र अलिकति समयलाई पुस गर्न मात्र सहयोग गर्ने बिचार राख्दै लकडाउन अन्तिम समाधान नभएको बताउनु भयो ।

उहाँले लामो लकडाउन खेपेर तंग्रिन लागेको लकडाउन र मानिसहरुको जिविकामा महामारीको असर नपरोस भन्ने सरकारको चाहना रहेको बताउनु भएको छ ।

उहाँले भन्नु भयो “त्यसैले राष्ट्रियव्यापी लकडाउन नभई संक्रमणको जोखिम बढि देखिएको हटस्पटहरुमा खण्ड खण्ड गरि लकडाउन हुन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्