सचेतना जगाउँदै ट्राफिक प्रहरी– ‘तपाईको मास्क खोई’

<span class='c1'>सचेतना जगाउँदै ट्राफिक प्रहरी–</span> <span class='c2'>‘तपाईको मास्क खोई’</span>

विराटनगर । प्रदेश नम्बर एकमा कोरोना संकक्रमणको संख्या बढीरहेको बेला ट्राफिक प्रहरीले तपाईको मास्क खोई अभियान चलाउन सुरु गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीको आह्वानमा मंगलबारदेखि सडक तथा सार्वजानिक सवारीका यात्रुलाई कोरोना संक्रमणबाट बच्नका लागि तपाँईको मास्क खोई ? भन्ने प्रतिप्रश्नसहितको सचेतना सुरु गरेको हो । मंगलबार एकै चोटी प्रदेशभरी एकै समयमा तपाईको माक्स खोई अभियानको शुभारम्भ गरिएको थियो ।

पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभरी नै कोरोनाको नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको बेला मास्क अनिवार्य गरिएको छ । ट्राफिक प्रहरीले प्रदेश नम्बर एकका विभिन्न जिल्लाहरुमा फरक फरक स्थानमा यो अभियानलाई अगाडी बढाएका छन् । यता विराटनगरमा पनि ट्राफिक प्रहरीले विभिन्न स्थानमा तपाईको मास्क खोई अभियान लिएर सडकमा यात्रु सचेतना जगाएका छन् ।

विराटनगरको बसपार्क , हाटखोला, पुष्पलाल चौक र विराटनगर प्रवेशद्धार ढाट स्थित माक्स नलगाउनेहरुलाई माक्स अनिवार्य लगाउन आग्रह गरेका छन् । नेमुवा ट्राफिक विटका ट्राफिक प्रमुख तुलामणी आर्चायको नेतृत्वमा स्थानिय राजधानी युवा क्लवका पदाधिकारीहरुले सवारी चालक तथा आमसर्वसाधरणलाई मास्क नलगाउनेहरुलाई मास्क वितरण गर्दै मास्क लगाउन आग्रह गरिएको थियो ।

अहिले कोरोनाको नयाँ भेरिएन्ट तिव्ररुपमा बढीरहेको बेला घरबाट बाहिर निस्कनु परे अनिवार्य मास्क लगाउ । बेला बेलामा सेनिटाईज प्रयोग गरौ र स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरौ कोरोनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्