दमौलीमा जिप दुर्घटना , एकको मृत्यु १३ जना घाइते

<span class='c1'>दमौलीमा जिप दुर्घटना , एकको</span> <span class='c2'>मृत्यु १३ जना घाइते</span>

तनहुँ

दमौलीबाट ऋषिङ्ग गाउँपालिकाको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ गाउँपालिका–१ धारापानीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मङ्गलबार दिउँसो ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ पाटनकी २५ वर्षिय मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाईते मनुको दमौलीस्थि दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जीप कच्ची सडकबाट करीव ४० मिटर तल खसेकाले सबै यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान उत्तम बोगटीले जानकारी दिए ।

घाईते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने वर्ष २७ को गितामाया थापा, गीताकै छोरा वर्ष ८ को दीपसन थापा, छोरी ५ वर्षकी अस्मि थापा, सोही गाउँपालिकाको वडा नम्बर ६ का वर्ष ४० का टिकाराम थापा, वर्ष २० की बेलसरा थापा, वर्ष २३ की दिलकुमारी थापा, दिलकुमारीकै छोरी वर्ष २ की सुहाना थापा रहेका छन्। यसैगरी सोही ठाउँका वर्ष ३३ का मधुसिंह राना, वर्ष २८ का लालबहादुर परियार, रेखा आले, अनमिका थापा र अनामिकाकै दुई वर्षको छोरी रुपा थापा घाईते हुनु भएका छन्।

घाईते उनीहरुको मध्ये दमौली अस्पताल उपचार भईरहेको छ। दुर्घटनाबाट घाइते भएका १३ मध्ये दुई र रत्नहरी अस्पतालमा उपचार भएका दुई गरी चार जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।
जीप व्रेकफल भई दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
- सौजन्य: एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्