ताप्लेजुङ्गमा दुई संक्रमितको मृत्यु

<span class='c1'>ताप्लेजुङ्गमा दुई</span> <span class='c2'>संक्रमितको मृत्यु</span>

फुङलिङ – ताप्लेजुङमा कोभिड–१९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र एक वृद्धाको संक्रमणका कारण मृत्यु भएको हो।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो।

कोरोना संक्रमण भएपछि केही दिनदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइँदै आएको थियो। यसैगरी, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो।

घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले जानकारी गराएको प्रजिअ पाण्डेले बताए।

पाण्डेका अनुसार ती वृद्धाको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।

वृद्धाको दाहसंस्कार भने परिवार आफैले गरेका छन्। परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चार जना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराइएको थियो।

जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए।

यसअघि फुङलिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

ती पुरुषको भने सेनाले अन्त्येष्टि गरेका थिए। ताप्लेजुङमा २१ जना सक्रिय संक्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्