उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिने

<span class='c1'>उपत्यकामा जारी निषेधाज्ञा आजबाट</span> <span class='c2'>थप कडाइ गरिने</span>

काठमाडौं

उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिनुभयो । उहाँले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अनिवार्य मागिने बताउनुभयो । बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न भनिएको छ ।

सरकारी सवारी साधन बिदा र शनिबारको दिन पूर्णरुपमा निषेध गरिएको छ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले शनिबार निषेधाज्ञा पालना भए नभएको सम्बन्धमा बिहान कोटेश्वरदेखि बालाजुसम्म र कलङ्कीदेखि चाबहिलसम्म अनुगमन गरेको थियो ।

तस्बिर/ एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्