आमबारी–उर्लाबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

<span class='c1'>आमबारी–उर्लाबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट</span> <span class='c2'>एकको मृत्यु, दुई घाईते</span>

विराटनगर । मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जना मृत्यु हुनुका साथै २ जना घाईते भएका छन् ।
आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र–१–०२–०४१ प.२६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०२–०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्