खुट्टामा पैसाका बिट्टा कसेर नेपाल प्रवेश गर्ने दुईजना पक्राउ

खुट्टामा पैसाका बिट्टा कसेर नेपाल प्रवेश गर्ने दुईजना पक्राउ

विराटनगर, बैशाख २० गते । सीमा नाका बन्द रहेको बेला भारतबाट अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुईजनालाई दरैयाबाट सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिएको छ ।

खुट्टामा पैसाको बिट्टा कसेर दरैयाबाट नेपाल प्रवेश गर्नेहरुलाई सशस्त्रको बीओपी रानी र बीओपी दरैयाको टोलिले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, मोरङका प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार पक्राउ पर्नेमा विराटनगर-१६ का अमद यादव र भारतको कटिहार नयाँटोल घर भई विराटनगर-१५ हड्तालिहाट बस्दै आएका अभिषेक चौधरी छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा रकम फेला पारेर बरामद गरिएको थियो । सशस्त्र प्रहरीले यादवको साथबाट पाँचलाख नेपाली रुपिँया र भारतीय नागरिक चौधरीको साथबाट ६ लाख ५० हजार बरामद गरेको हो ।
रकम हुण्डि कारोबारीको हुनसक्ने अनुमान गरिएको छ । रकम बोकेर आउने दुवैवजनाले खुट्टामा बाँधेर ल्याएको पाइएकोले उनीहरु एउटै समूहका हुनसक्ने आशंका गरिएको छ । जारी आईपीएलमा सट्टेबाजबाट हुण्डिमार्फत पठाएको रकम उनीहरुले भारतबाट भित्र्याएको आशंका गरिएको छ ।
स्रोत नखुलाई पाँच लाख लिएर त्यसैपनि हिड्न मिल्दैन, प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो-सीमाबन्द भएको बेला खुट्टामा बाँधेर ल्याउनु नै गलत देखिएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि भन्सारमा बुझाउने काम भईरहेको एसपी पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्