कटहरीबाट पेस्तोल सहित एक पक्राउ

<span class='c1'>कटहरीबाट पेस्तोल सहित</span> <span class='c2'>एक पक्राउ</span>

विराटनगर, ७ साउन : प्रहरीले मोरङको कटहरीबाट पेस्तोल सहित पक्राउ परेका एकजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले विराटनगर उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षीय अमरकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएको मंगलबार कटहरी आदर्शनगरमा शंकास्पद अवस्थामा हिंडडुल गरिरहेको अवस्थामा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट यूएसए ७ प्वाइन्ट ६५ लेखिएको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । अभियुक्तविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्