पत्रकार महासंघ मोरङद्धारा कोभिड समन्वय कोष र रेस्पोन्स टिम स्थापना

<span class='c1'>पत्रकार महासंघ मोरङद्धारा कोभिड समन्वय कोष</span> <span class='c2'>र  रेस्पोन्स टिम स्थापना</span>

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोभिड समन्वय कोष स्थापना गरेको छ ।

आजदेखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिकातर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्तहुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गर्दछौं ।’ कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पीअधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरि समिति गठन गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथाप्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा ‘¥यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ । ¥यापिड रेस्पोन्स टिममा सल्लाहकार शंकर खरेल, उपाध्यक्षमोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पीअधिकारी, कोषाध्यक्षअभयकुमार राई सहितकार्यसमिति सदस्यहरुलाई आवस्यक सहयोगकालागिजिम्मेवारी दिईएको विज्ञप्तिमा जनाईएको छ ।

समाचार संकलनतथा सम्प्रेषणका क्रममा संक्रमितहुने सञ्चारकर्मीहरूलाई तत्कालउपचारको प्रवन्धमिलाउनकालागिप्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमण भई आईसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाभको कामनागर्दै दैनिक स्थलगत समाचार संकलन÷सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानीअपनाउँदै र अत्यावस्यककामबाहेक घरबाटै समाचार संकलनतथा सम्प्रेषणका लागिमहासंघले आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्