विराटनगरमा मेडिकल ल्याबहरुको लापर्वाही

<span class='c1'>विराटनगरमा मेडिकल</span> <span class='c2'>ल्याबहरुको लापर्वाही</span>

विराटनगर, ९ साउन : विराटनगरमा नाम चलेका अस्पतालका मेडिकल ल्याबहरुले जाँच रिपोर्ट फरक–फरक दिँदा बिरामीहरु हैरानी खेप्न बाध्य भएका छन् । एकैदिन एकै समयमा फरक–फरक ल्याबमा जाँच गरिएको  रिपोर्ट पनि अत्यधिक फरक आएपछि बिरामीहरु हैरानी पाएका हुन् । विराटनगर–६ जानकी चौकका मधुमेहका बिरामी जितबहादुर गिरी  साउन ५ मा सुगर जाँच गराउन विराटनगर अस्पतालमा गए । खाली पेटमा रगतमा सुगर जाँच गराउँदा विराट अस्पतलाको ल्याबले रिपोर्ट २८६ एमजी देखायो  । त्यसपछि उनले लगत्तै १० मिनेट उत्तरमा रहेको लाइफगार्ड अस्पतलामा गएर सुगर जाँच गराए । त्यहाँ उनको सुगरको रिपोर्ट २९० एमजी आयो । यसैगरी उनले भोलिपल्ट साउन ६ मा रंगेलीरो स्थित साई आदर्श ल्याबमा जाँच गराए ।  त्यहाँ सुगर रिपोर्ट १३८ एमजी आयो । अनि एक मिनेटको दूरीमा रहेको गोल्डेन अस्पतालको ल्याबमा पनि जाँच गराए रिपोर्ट १८६ एमजी देखायो ।  यसैगरी विराटनगर–६ कै सुगरका बिरामी नभए पनि रेवतीराज गिरीले पनि ५ गते रिपोर्टको विश्वासनियताका लािग पहिलोपल्ट सुगर जाँच गराए । सुगर जाँच गराउँदा लाफईगार्डमा उनको रगतमा सुगरको मात्रा १६० एमजी देखायो । विराटनगर अस्पतलाले २९० एमजी भएको रिपोर्ट दियो । ६ गते रेवतीले पनि जितबहादुरसँगै  गोल्डेनमा पनि देखाए ।  त्यहाँ २७० एमजी सुगर देखायो ।  अनि साई आदर्शमा चाहिं सोही दिन १३० एमजी सुगर भएको रिपोर्ट आयो ।  दुवै जनाले जाँच गराएका अस्पताल र ल्याबहरु विराटगरका प्रसिद्ध हुन् । तर प्रसिद्ध क्लिनिक र अस्पतालहरुमा जाँच गराउँदा नै रिपोर्ट फरकफरक आएपछि आफूले कुनै पनि रिपोर्टलाई सही मान्न नसकेको र डाक्टरलाई देखाएर थप औषधि नलिएको बिरामी जितबहादुरले बताए । आफ्नो मात्रै रिपोर्टमा कैफियत देखिएको होला कि भनेर उनले  मधुमेहका बिरामी नभएका जुवाइको  पनि सँगै रगत जाँच गराए ।  तर जुवाइको रिपोर्ट पनि उनको जस्तै सबै ल्याबहरुले फरक–फरक दिए । कोशी अञ्चल अस्पताल विराटनगरका  फिजिसियन डा. दिनेश न्यौपानेले सुगरको बिरामीले फरक–फरक समयमा रगत जाँच गराउँदा ३० एमजीसम्म मात्रा फरक परेमा आफूहरुले विश्लेषणका आधारमा सही मान्ने गरेको बताए । तर यसरी अत्यधिक फरक हुँदा बिरामीको उपचारमा समस्या हुने बताए । विराटनगरस्थित यादव डाइगोनोष्टिक क्लिनिकका प्राविधिक मुनरलाल यादवले फरकफरक ल्याबमा एकै समयमा परीक्षण गरेको रिपोर्ट ५ देखि १० एमजी मात्रामा फरक पर्नु स्वभाविक भएपनि यसरी अत्यधिक मात्रामा फरक देखिनु चाहिं आश्चर्यजनक नै हुने बताए । यता ल्याबहरुले भने सबै आ–आफ्नो रिपोर्ट सहि भएको दाबी गरेका छन् । विराटनगरमा सञ्चालन भैरहेका ल्याबहरु थोरैले मात्र आधुनिक उपकरण प्रयोग गर्ने गरेका छन् ।  धेरैले चाहिं पुरानो पद्धतिबाटै रगत, दिसापिसाब, खकार आदि परीक्षण गर्ने गरेका छन् । तर आधुनिक मेसिन प्रयोग गर्ने ल्याबहरुले पनि सस्तो श्रमका लागि अदक्ष प्राविधिक र सिकारुहरुबाट परीक्षण गराउँदा गलत रिपोर्ट आउने गरेको छ । अर्कोतिर सञ्चालन भएका मेडिकल ल्याबको भौतिक पूर्वाधार र जनशक्ति मापदण्डअनुसारको भए नभएको बारेमा समेत अनुगमन हुने गरेको छैन ।

-Makalutv

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्