नेपाल औषधि व्यवसायी संघ कास्कीद्वारा मानवसेवा आश्रम पोखरालाई मानसिक औषधि सहयोग

<span class='c1'>नेपाल औषधि व्यवसायी संघ कास्कीद्वारा मानवसेवा</span> <span class='c2'>आश्रम पोखरालाई मानसिक औषधि सहयोग</span>

पोखरा

नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ । कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिनुभयो । उहाँले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको सूचीका आधारमा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधिसहित एन्टिबायोटिक, भिटामिन, घाउखटिरा र चोटपटकमा लगाइने मल्हम आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको बताउनुभयो ।

संघका महासचिव पूर्णकाजी बस्नेतका अनुसार आश्रममा हाल १५५ ‘लक्ष्मी’ र ‘नारायण’ छन् । आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले पोखरा–२५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम)को निर्माण भइरहेको र अहिले कोभिड –१९ का कारण रोकिएको जानकारी दिनुभयो । सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोग छ । रु एक अर्ब तीन करोडका लागतमा निर्माण हुन थालेको स्मारकको गुरुयोजनानुसार पाँच सय क्षमताको सडक मानवता जागरण तालीम केन्द्र, बालोद्यान, यात्रु सेवा सत्तललगायत आवश्यक संरचना हुनेछन् । विसं २०८० सम्ममा सडक मानवमुक्त बनाइने अभियानानुसार योजनाबद्ध कार्यमा लागेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्