कोभिड विरुद्धको लडाइँमा चितवनमा जुटेका सहयोगी हातहरु

<span class='c1'>कोभिड विरुद्धको लडाइँमा चितवनमा</span> <span class='c2'> जुटेका सहयोगी हातहरु</span>

चितवन

दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो ।

राजधानी काठमाडौँलगायतका ठूला शहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र सहयोगी हातहरुको तादात्म्यताले स्थितिलाई सहजै आफ्नो काबुमा हिडाइँरहेको छ । केही दिन अघिसम्म अक्सिजन सिलिण्डर, अक्सिजन हाइफ्लो नोजल, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री अभाव हुने देखिएपछि यहाँका सहयोगी हातहरु जुर्मुराएर अघि बढेका छन् ।

विभिन्न सामाजिक सङ्घसंस्था, निजी क्षेत्र, व्यक्तिलगायतका दाताहरुले मन खोलेर अस्पतालहरुमा सहयोग गरिरहेका छन् । उनीहरुले अस्पतालको आवश्यकताअनुसारका स्वास्थ्य सामग्री खरिद गर्दै हस्तान्तरण गरिरहेका छन् । यो क्रम निरन्तर चलिरहेको छ । जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, लायन्स क्लब, लियो क्लब, रोटरी, विदेशमा रहेका विभिन्न सङ्घसंस्थाहरु र अन्य साामाजिक सङ्घसंस्थाहरु यतिखेर कोरोना सङ्क्रमितहरुको उपचारमा सहयोग गर्न तलिन्न बनेका छन् ।

मुख्यरूपमा भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र स्थानीय तहहरुले सञ्चालन गरेका आइसोलेशनमा दाताहले सहयोग गर्दै आएका छन् । भरतपुर अस्पताललाई चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले रु १० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो ।

समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले चितवनमा अक्सिजनको अभाव भएपछि आफूहरु यसै बस्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ सहयोग सङ्कलन गरेर भरतपुर अस्पताललाई सहयोग गर्यौं ।”

उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सनट्रेटर अस्पताललाई हस्तान्तरण गरेको छ । रु आठ लाख बराबरको ती सामग्री अस्पताललाई हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा थप सहयोगका लागि हामी जुटिरहेका छौँ ।”

यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अस्पताललाई करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले पुनः एकपटक सिलिण्डर रिफिल समेत आफैँले गरेर दिने जनाएको छ ।

भरतपुर अस्पतालका दन्तरोग विभाग प्रमुख डा अजय न्यौपाने र उहाँको श्रीमती साइराम डेन्टल केयरका प्रबन्ध निर्देशक डा सरु थापा न्यौपानेले १० थान अक्सिजन सिलिण्डर, १०० थान पिपिइसहित ग्लोब्सलगायतका सामग्री अस्पताललाई उपलब्ध गराउनुभएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवन र लायन्स क्लब इन्टरनेसनल ३२५ बीटुले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका छन् ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बीटु नेपालले भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको छ । उक्त क्लबले एरिया नं ३ का क्लब तथा लायन्सहरुबाट कोभिड अभियान गरी सङ्कलन रकमबाट ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो । यस्तै क्लबले एक महिनाका लागि निःशुल्क शव वाहन सहयोग गरेको छ । शवको व्यवस्थापन गर्दै आएको कालीबहादुर गणलाई उक्त शववाहन हस्तान्तरण गरिएको छ । बीटुका इलेक्ट गभर्नर रामप्रसाद भट्ट देशभरका लायन्सकर्मीहरु अभियानमा जुटिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो नारा नै ‘हामी सेवा गर्छाैँ’ भन्ने छ । त्यसैले हरेक विपत्तिमा लायन्स सहयोगमा जुटिरहन्छ ।” थप सहयोगका लागि आफूहरु लागिपरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्