काठमाडौं
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट गएराति निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई दुई हफ्ता अघि संक्रमण पुष्टि भएको थियो ।
मूलपानी स्थायी घर भएका केसी महानगरीय प्रहरी परिसरमा कार्यरत थिए । वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका कसीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो।