वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

<span class='c1'>वाग्मती प्रदेशमा राष्ट्रियसभा</span> <span class='c2'>उपनिर्वाचनको मतदान शुरु</span>

हेटौँडा

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गर्नुभएको हो । उहाँसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध हुनुभएको छ ।

हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० मध्ये १०९ र स्थानीय तहका २३८ गरी जम्मा ३४७ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्