विराटनगर
विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुचना जारि गर्दै कोरोना भाइरसबिरुद्धको खोपको पहिलो डोज लगाएर दोश्रो डोज लगाउन बिभिन्न कारणले बाकि रहेकाहरुले आफ्नो व्यक्तिगत विवरण स्थानीय तहका संयोजकहरु मार्फत जिल्ला स्वास्थ्य कार्यालयहरुमा लागत टिपाउन अनुरोध गरेको छ।
साथै सुचनामा भने अनुसार यो दोश्रो डोज ति व्यक्तिहरुका लागि हो जसले पहिलो डोजमा भेरोशील लगाएका थिए र दोश्रो डोज लगाउन बिभिन्न कारणले छुटेका थिए तर कोभिशिल्ड लगाएकाहरुका लागि भने यो दोश्रो डोज नभएको सुचनामा प्रष्टसंग उल्लेख गरिएको छ । भेरोशीलको दोश्रो डोज लगाउनेहरुको लागत तयार भएपछी छिटो भन्दा छिटो प्रदेश सरकारको समन्वयमा सबैलाई खोप लगाइने उल्लेख गरिएको छ।