बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिलाई कोरोना , पालिकाका सेवा बन्द

<span class='c1'>बैतडीको शिवनाथ गाउँपालिकाका  जनप्रतिनिधिलाई</span> <span class='c2'>कोरोना , पालिकाका सेवा बन्द</span>

बैतडी

बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो । केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा छन् । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको उपाध्यक्ष चन्दले बताउनुभयो । जिल्ला बाहिर कतै नगएको र गाउँपालिकाकै काममा रहेका बेला सङ्क्रमण भएको हुनसक्छ उहाँले भन्नुभयो, “सङ्क्रमण देखिएका हामी सबैको अवस्था सामान्य छ, लक्षण खासै देखिएका छैनन् ।”

सङ्क्रमितले जडीबुटी सेवनमा जोड दिएको बताएका र छिट्टै सङ्क्रमण निको हुने बताएका छन् । सबै होम आइसोलेशनमा रहेका र हामी छिट्टै कोरोना जितेर काममा फर्किने गाउँपालिकाका अध्यक्ष साउदको विश्वास रहेको छ । उहाँले भन्नुभयो, “लक्षण केही छैनन्, अवस्था सामान्य नै छ, जडीबुटी सेवनमा जोड दिएका छौँ, छिट्टै सङ्क्रमणमुक्त हुन्छौँ ।”

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म बन्द रहेका जनाएको छ । सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै गाउँपालिकाका सेवा बन्द गरिएका हुन् । गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनुभयो । कोरोना सङ्क्रमणबाट बच्नका लागि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनसमेत गाउँपालिकाले अनुरोध गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालयले पनि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्