श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन समितिको आग्रह

<span class='c1'>श्रमजीवी पत्रकारलाई जागिरबाट</span> <span class='c2'>नहटाउन समितिको आग्रह</span>

काठमाडौँ

न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने र अपायक सरुवा गर्ने जस्ता कार्यहरु भइरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले त्यस्ता कार्य रोकेर सञ्चारकर्मीको पेशागत सुरक्षा गर्न सम्बन्धित पक्षलाई आव्हान गरेको छ । निषेधाज्ञा जारी हुनु अघि पनि सञ्चारकर्मीले न्यूनतम् पारिश्रमिक नपाएका गुनासा र उजुरी आएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन समितिले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

कोभिड–१९ को दोस्रो लहरपछि श्रमजीवी पत्रकार तथा कर्मचारीमाथि परेको असरका विषयमा छलफल गर्दै बैठकले कोभिड सङ्क्रमणका कारण उपचारत सञ्चारकर्मीलाई तत्काल उपचार खर्च उपलब्ध गराउन सरकार तथा सबै स्वास्थ्य संस्थासँग आग्रह गरेको राजेन्द्र अर्यालले बताउनुभयो । आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रमोर्चामा रही काम गरिरहेका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन समितिले आग्रह गरेको छ ।
- एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्