रबिन्द्र बराल
रंगेली । उमेरले १७ वर्षीया रंगेली नगरपालिका–२ की किशोरी दिपशिखा सुवेदी यतिबेला ढाडमा ट्याङे्की बोकेर कोरोना संक्रमितका घर–घरमा जाने गरेकी छिन् । संक्रमितका घर र सार्वजानिक स्थलमा सेनिटाइजिङ्ग गरेर उनले सामाजिक कार्यको बाटो समाएकी हुन् ।
रंगेली–२ मंगलबारेकी दिपशिखा कोरोना महामारी नियन्त्रणका लागि आफ्नोतर्फबाट सक्यो सहयोग समाजमा पु¥याउन प्रयासरतः रहेकी हुन् । कोरोना सङ्क्रमणबाट समाज थप आक्रान्त नहोस् भन्ने उनको सोचले धेरैका घरमा सेनिटाइजर छर्किसकिएको छ । बिराटनगर स्थित शिक्षादिप कलेजमा अध्यनर गर्दै आएकी उनी सामाजिक सेवामा तत्लिन भएर लागेकी छिन् ।
उनी यसवर्ष मात्रै हैन गत बर्ष कोरोनाको पहिलो लहरमा समेत विराटनगरमा सक्रिय रहेकी थिइन् । उनले विराटनगरका मन्दिर, मस्जिद, र सार्वजानिक स्थलहरुमा सेनिटाइजिङ्ग गर्ने कार्यमा सहभागिता जनाएकी थिइन् । दोस्रो लहरमा उनले रंगेलीलाई सामाजिक कार्य गर्ने थलोको रुपमा अंगाल्दै आएकी हुन् । रंगेली २ मा आफ्नै निजी खर्चमा दुर्गा मंन्दिर र सोहि गाउँमा दुई घरमा कोरोना पोजेटिभका घरमा सेनिटाइजिङ गरेको उनले सुनाईन् । सामाजिक सेवामा तत्लिन हुनेलाई नी भगवानले साथ दिन्छन् भन्ने विश्वास बोक्ने सुवेदी महामारीमा सबैले सकेजति गर्नुपर्ने सबैलाई सल्लाह दिन्छिन् ।