सप्तरी
सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।