मोरङमा जग्गा पास गराउने संख्या घट्यो राजस्वमा वृद्धी

<span class='c1'>मोरङमा जग्गा पास गराउने</span> <span class='c2'>संख्या घट्यो राजस्वमा वृद्धी</span>

 

विराटनगर,  साउन ÷ अघिल्लो गत आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष
२०७१÷०७२ मा मोरङमा जग्गा पास गराउने संख्या घटेपनि राजस्व भने वृद्धी आएको पाईएको छ ।
मोरङमा गत आर्थिक वर्ष ३१ हजार १ सय ७९ जनाले जग्गा पास भएको थियो ।
जसबाट २८ करोड २८ लाख १९ हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन गराएको
जिल्ला मातपोत कार्यालय मोरङ विराटनगरले जनाएको छ । जुन अघिल्लो आर्थिक
वर्ष भन्दा ३ सय ७८ ले कमी हो । तर, राजस्वमा भने अघिल्लो आर्थिक वर्ष
भन्दा गत आर्थिक वर्ष ४ करोड ५१ लाख ३५ हजार ४ सय रुपैयाँ वृद्धी गर्न
कार्यालय सफल भएको छ ।
कार्यालयको अनुसार अघिल्लो आर्थिक वर्ष २०७०÷ ०७१ मा ३१ हजार ५ सय ५७
जनाले जग्गा पास गराएका थिए । जसबाट २३ करोड ७६ लाख ८४ हजार ७ सय
रुपैयाँ संकलन भएको मालपोतका सूचना अधिकारी गौतमराज अमात्यले जानकारी
दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष जग्गाको मुल्यमा वृद्धी आएसँगै
राजस्वमा वृद्धी आएको सूचना अधिकृत आमत्यको भनाई छ । उहाँलले आर्थिक
वर्ष ग्रामिण क्षेत्रभन्दा शहरी क्षेत्रका मानिसले जग्गा पास गराउनेको संख्यासमेत
वृद्धी भएकोले राजस्वमा वृद्धी भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्