काठमाडौं
नेपालको पहिलो पीएचडी महिला डा. बानिरा गिरीको निधन भएको छ । कवि तथा उपन्यासकार बानिरा गिरी तीन हप्ताअघि कोरोना संक्रमित हुनुभएको थियो । संक्रमण निको हुने क्रममा रहे पनि हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ।
आइतबार राति १० बजे नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा पुर्याएको केहीबेरमा गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तीन वर्षदेखि अल्जाइमर्स रोगसँग लडिरहनुभएकी लेखक गिरी ७५ वर्षको हुनुहुन्थ्यो । गिरीका श्रीमान्, एक छोरा र एक छोरी हुनुहुन्छ ।