हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन

<span class='c1'>हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग</span> <span class='c2'>गर्दै विराटनगरमा प्रदर्शन</span>

विराटनगर, २० साउन : नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै बुधबार विराटनगरमा समेत प्रदर्शन गरिएको छ । विराटनगरको पाञ्चालीस्थित श्री लक्ष्मीनारायण मन्दिरको अगुवाइमा निकालिएको ¥यालीसहितको प्रदर्शनमा विभिन्न हिन्दूवादी संघ–संस्थासहित मठमन्दिरका साधुसन्त र सर्वसाधारण सहभागी भएका थिए । सत्यनारायण मन्दिर परिसरबाट निकालिएको ¥याली मेनरोड हुँदै नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै हिन्दू अगुवा श्याम पौडेलले हिन्दूराष्ट्रको पक्षमा बहुमत रहेकाले त्यसको अवहेलना नगर्न दलका नेताहरुलाई चेतावनी दिनुभयो । उहाँले देशका ३ करोड जनतामध्ये २ लाख २५ हजार हिन्दूराष्ट्रको पक्षमा रहेको दाबी गर्दै जनमत संग्रह गराउन दलहरुलाई चुनौती दिनुभयो । यस्तै मुस्लिम अगुवा इञ्जिनियर मोहम्मद जाकिर हसन हकले हिन्दूधर्म नेपालको इतिहाससँग जोडिएकाले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल हिन्दूराष्ट्र घोषणा भएमात्र सबै धर्मको संरक्षण हुने बताउनुभयो । कार्यक्रममा बोल्दै महिला अगुवा यशोदा शर्माले देशलाई हिन्दूराष्ट्र घोषणा नगरे आफूहरु कडा संघर्ष गर्नसमेत तयार रहेको चेतावनी दिनुभयो । कार्यक्रमका सहभागीहरुले हिन्दूराष्ट्रको पक्षमा नाराबाजीसमेत गरेका थिए । कार्यक्रममा लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, रामजानकी मन्दिरका पण्डित दिलीप शास्त्रीलगायतको सहभागिता थियो ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्