पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा तालाबन्दी

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयको डिन</span> <span class='c2'>कार्यालयमा तालाबन्दी</span>

विराटनगर, २२ साउन : विद्यार्थीहरुले  पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमा नाराबाजी गरेका छन् ।  नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पुसेट इकाइ कमिटीले विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर शुभनारायण पाठक र सहडिन गोपाल शर्माको राजीनामा माग गर्दै तालाबन्दी तथा नाराबाजी गरेका हुन् । उनीहरुले योग्य र काम गर्न सक्ने डिनको नियुक्ति गर्नुपर्ने, पर्याप्त भौतिक पूर्वाधार र विज्ञ शिक्षकहरु व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यस्तै उनीहरुले पढाइ नहुने र परीक्षाफल समयमा प्रकाशित नहुने समस्या समाधान हुनुपर्नेसमेत माग गरेका छन् । विद्यार्थीहरुले यसअघि साउन–१८ गते पनि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार निरोज पाण्डे र डिन शुभनारायण पाठकको कार्यकक्षमा तालाबन्दी गरेका थिए । आफ्ना मागहरुलाई बेवास्ता गरिएकाले फेरि पनि दबाबस्वरुप विरोध प्रदर्शन गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठक धेरैजसो काठमाडौंमा बस्ने गरेकाले विश्वविद्यालयको शैक्षिक गतिविधि चुस्त–दुरुस्त हुन नसकेको आरोपसमेत लगाएका छन् ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्