बिराटनगरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

<span class='c1'>बिराटनगरमा मोटरसाइकल दुर्घटना</span> <span class='c2'>एकको मृत्यु</span>

मोरङ, साउन २२

मोरङको बिराटनगरमा हिजो  रोकी राखेको माइक्रोसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य एक गम्भिर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार भोजपुर ओख्रे गाविस ४ बस्ने ५३ वर्षिय पन्चकुमार राई रहेका छन्। उनको उपचारकाक्रममा गोल्डेन अस्पतालमा आज बिहान ११३० बजे मृत्यु भएको हो। गम्भिर घाइते मोटरसाइकल चालक ३० वर्षिय उनका छोरा नलराज राईको सोही अस्पतालमा उपचार भइरहेको छ।

हिजो  बिहान करिब १०३० बजे बाबु छोरा सवार को ८ प ७१६१ नं. को मोटरसाइकल बिराटनगर १७ स्थित मलाया रोडमा पार्किङ गरि राखेको को. १ च ३३३२ नं.को माईक्रोसंग ठोक्किएको थियो।

माईक्रो र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्