बन्यो प्रदेशमा सहमति, बिराटनगर प्रदेश १ मा (यस्तो छ प्रदेश)

<span class='c1'>बन्यो प्रदेशमा सहमति, बिराटनगर प्रदेश</span> <span class='c2'>१ मा (यस्तो छ प्रदेश)</span>

प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा जारी वार्ता निश्कर्ष नजिक पुगेको छ। वार्तामा सहभागी एक नेताले भने, ‘सीमांकनमा ६ प्रदेशमा ‘सहमति’ भइसक्यो आजै हस्ताक्षर हुन्छ।’

प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले  बतायो।

प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष नेता सम्मिलित वार्तामा अब धेरै ढिला गर्न नहुने भन्दै ती नेताले भने, ‘आज सहमतिमा हस्ताक्षर गरेर संविधानसभामा पेश हुन्छ।’

६ प्रदेशको सीमा टुंगिएको नेताहरुले बताएका छन्। नागरिकता र धर्मका बिषयमा देखिएको विवाद टुंग्याउनका लागि नेताहरूअन्तिम प्रयासमा छन्।

स्रोतका अनुसार, छ प्रदेश मध्ये १ नम्बरमा मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा रहेका छन्।

यस्तै दुई नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्मको तराई परेका छ। तीन नम्बरमा बाग्मती अञ्चल, नारायणिको मकवानपुर र चितवन तथा जनकपुरको सिन्धुली, दोलखार रामेछाप परेका छन्।

यस्तै चार नम्बरमा गण्डकी, धवलागिरी अञ्चल र नवलपरासीको दाउन्ने खण्ड समावेस गरिएको छ। पाँच नम्बरमा भेरी अञ्चलको बाँके बर्दियाँदेखि दाउन्नेसम्म अनि राप्ती अञ्चल राखिएको छ।

छैठौ प्रदेशको रूपमा महाकाली, कर्णाली सेती र भेरीको पहाडी जिल्ला जाजरकोट, सुर्खेत र दैलेख राखिएको छ।

यसैबीच संवाद समितिको बैठक ८ बजेलाई डाकिएको छ। सोही समयमा संविधानसभाको पनि बैठक परेकोले संविधानसभा बैठक फेरि सर्ने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्