विराटनगरमा ४ नेताको पुत्ला दहन

<span class='c1'>विराटनगरमा ४ नेताको</span> <span class='c2'>पुत्ला दहन</span>

 

प्रेम देवान

विराटनगर, साउन २४ । संघिय समाजवादी फोरम नेपाल विराटनगर नगर समितिले झापा, मोरङ र सुनसरी जिल्लालाई मधेशबाट टुक्राएर प्रदेशको सिमांकन गरेको विरोध गर्दै आईतबार सँझ विराटनगरमा प्रमुख चार दलका मुख्य नेताहरुको पुत्ला जलाएका छन् ।

। विराटनगरको रोडशेष चौकमा नगर समिति अध्यक्ष समिम कमरको नेतृत्वमा भएको पुत्ला दहन कार्यक्रममा भेला भएका फोरम नेपालका कार्यकर्ताहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शुशिल कोइराला, एमालेका अध्यक्ष के पी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनपछि भएको कोण सभामा वोल्दै संघिय समाजवादी फोरम नेपालका नेता उमेश यादवले झापा , मोरङ, सुनसरी, कैलाली र कंचनपुर जिल्लालाई प्रमुख दलका उक्त चार ब्यक्तिले मधेशबाट छुट्याएर पहाडमा मिलाई प्रदेश निर्माण गरेको विरोध गर्दै उनिहरुको पुत्ला दहन गरेको बताउनुभयो । कोइराला, ओली, दाहाल र गच्छदार मिलेर जनभावना विपरित प्रदेशको सिमांकन गरि मधेश र मधेशी जनतालाई विभाजन गर्न खोजेको आरोप लगाउँदै संघिय समाजवादी फोरम नेपालका जिल्ला नेता राधे कामतले तराईका जिल्लाहरुलाई पहाडका जिल्लाबाट अलग्गै राखेर प्रदेशको सिमांकन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्