छाडा चौपाया संरक्षणले गिद्ध संरक्षणमा राहत

<span class='c1'>छाडा चौपाया संरक्षणले</span> <span class='c2'>गिद्ध संरक्षणमा राहत</span>

व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपाया संरक्षण थालेसँगै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका छन् । छाडा चौपायाले सडक अवरुद्ध गर्नुका साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगरपालिकाको सहयोगमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।

वृद्व गाई मरेपछि नगाडी खुलारूपमा राखिदिन थालेपछि गिद्धहरु सिनो खाना आउन थालेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । गौ संरक्षण गर्नुअघि गिद्धहरु देखिन कठिन हुने गरे पनि अहिले दैनिक विभिन्न प्रजातिका ५० देखि ६० वटासम्म गिद्धहरु आउने गरेको उहाँले बताउनुभयो । “सबै गिद्धको नाम त जान्दैनौ”, उहाँले भन्नुभयो, “घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरु देखिन थालेका छन् ।”

विसंं २०७५ देखि गौ संरक्षण थालिएको हो । तीन वटा ब्लकमा गरी करिब ३०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुका साथै गाईको मलमुत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गर्न थालिएको छ ।

गिद्ध संरक्षणले वातवरणीय सन्तुलन राख्नका लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै यसको संरक्षणका लागि थप सहयोग मिलेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । गौ संरक्षण तथा प्राङ्गारिक मल उत्पादन केन्द्रले अहिले ५२ वटा गाईको संरक्षण गर्दै आएको छ । नगरपालिकाको सक्रियतामा छाडा पशुचौपायाहरु सङ्कलन गरी व्यवस्थित गरेको हो ।

व्यास–१० मादी नदी किनारस्थित शिशुवा भतेरीमा करिब ६० घनमिटर क्षमताको बायोग्याँस प्लान्ट निर्माण गरी विद्युत् उत्पादन गरिसकेको छ । नगरपालिकाको रु सात लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु सात लाख गरी कूल रु १४ लाखको लागतमा प्लान्ट निर्माण गरी बिद्युत् निकालिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

पहिलो चरणमा इनारको पानी तानेर तरखारी खेती गर्दै आएका प्रभावित किसानहरुलाई प्राथामिकताका आधारमा निःशुल्क विद्युत् वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले दमौली क्षेत्रबाट दैनिक फोहोर सङ्कलन गर्दा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै सङ्कलन गरेर बिर्सजन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्