मोरङमा सधैं बितण्डा मच्चाउने दशवटा खोला/नदी, विराटनगरलाई सिंघिया र केशलियाकै सास्ती

<span class='c1'>मोरङमा सधैं बितण्डा मच्चाउने दशवटा खोला/नदी,</span> <span class='c2'>विराटनगरलाई सिंघिया र केशलियाकै सास्ती</span>

विराटनगर । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भू–भाग नजिक रहेकाले त्यस आसपास बढी वर्षा हुने अनुमान गरिएको छ ।

कर्णाली र सुदुरपश्चिम बाहेक बाँकी भागमा उच्च, मध्यम र सामान्य वर्षा हुने अनुमान गरिएको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ । ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १ को पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । आगामी शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेशमा हुने भारी वर्षाको सम्भावनाले मोरङ र विराटनगरका यी क्षेत्र बढी जोखिममा हुनेछन् ।

मोरङमा सधैं बितण्डा मच्याउने यी दश नदी, विराटनगरलाई सिंघिया र केशलियाकै सास्ती
मोरङ जिल्लाभर दशवटा खोला तथा नदीले बढी क्षति पु¥याउँदै आएको छ । बुढी÷केशलिया, सिंघिया, लोहन्द्रा, चिसाङ, डाँस÷मरिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली, सुकुना, कयर जिल्लामा वर्षेनी क्षति पु¥याउने खोलामा पर्दछन् ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पार्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति मोरङले प्रकोप स्तरीकरणका क्रममा जिल्लाभरका दशवटा खोला÷नदी र त्यसले प्रभाव पार्ने क्षेत्रको पहिचान गरेको छ । वर्षेनी क्षति दोहोरिने क्षेत्रलाई बाढी प्रकोपको उच्च जोखिमको सूचिमा समावेश गरिएको छ ।

बुढी/केशलियाले सुन्दरहरैंचा न.पा.बुढीगंगा गाउँपालिका, विराटनगर, सिंघियाले बुढीगंगा, विराटनगर, ग्रामथान, कटहरी र जहदा, लोहन्द्राले बेलबारी, सुन्दरहरैंचा, ग्रामथान, कटहरी, जहदा, रंगेली, धनपालथान, चिसाङले लेटाङ्ग, केराबारी, बेलबारी, कानेपोखरी र रंगेली, डाँस÷मरिया बक्राहाले लेटाङ्ग, पथरी, शनिश्चरे, कानेपोखरी, रंगेली, रतुवा, मावाले उर्लाबारी, रतुवामाई, सुनवर्षी, बक्राहाले उर्लाबारी र रतुवामाई, तेलीले लेटाङ्ग र उर्लाबारी, सुकुना तथा कयर खोलाले बेलबारीलाई वर्षेनी बाढीपछि डुबान गर्दै आएको छ ।

विराटनगरका वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ नम्बर वडा वर्षेनी बाढी तथा डुबानको जोखिमा रहँदै आएका छन् । सिंघिया र केशलियाले वर्षेनी यी क्षेत्रलाई बढी प्रभावित बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्