प्रेम देवान
विराटनगर । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सबैभन्दा बढी धनजनको नोक्सानी गर्दै आएको छ । यो समस्याबाट प्रदेश एकको राजधानी पनि अछुतो छैन ।
विराटनगरमा बर्षेनी बाढी तथा डुवानले ठूलो नोक्सानी पुर्याउदै आएको छ । यसको लागी सम्बन्धित निकायले बर्षेनी लाखौ खर्च नगरेका भने होईन । तर पनि बाढी र डुवानले गर्दा हरेक बर्ष ज्युँकात्यूँहँु समस्या सिर्जना भईरहेको हुन्छ ।
विराटनगर महानगरपालिका भित्रका १३ वटा वडा वर्षेनी बाढी तथा डुबानको जोखिमा रहँदै आएका छन् । सिंघिया र केशलियाले वर्षेनी त्यो क्षेत्रलाई बढी क्षति गर्दै आएको छ ।
प्रदेश सरकार र स्थानिय तहले उक्त खोला तथा बस्तीमा लाखौं खर्चेर तटबन्ध र बस्तीलाई व्यावस्थित गर्ने भन्दै काम गर्दै पनि आएका छन् । तर दिगो रुपमा समस्याको समाधान भने अहिले सम्म हुन सकेको छैन । आज भन्दा ४ बर्ष अगाडी अर्थात २०७४ साउन २८ गते विराटनगर लगायत पुर्वीक्षेत्रमा निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीबाट मोरङका अधिकांश स्थानीय तह नराम्ररी प्रभावित भए ।
१७ स्थानीय तह मध्ये सबैभन्दा बढी प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा बढी क्षति भएको थियो । विराटनगर महानगरपालिकामा ५ हजार ४ सय ३६ वटा घर पूर्ण रुपमा क्षति भएको तथ्याङक छ । ठूलो धनजनको क्षति भएको त्यो बेला विराटनगर लगायत मोरङमा बाढीबाट २० जना बढीको मृत्यु भएको थियो ।
विगत ४ बर्ष वितिसक्दा पनि बढी बाढी प्रभावित हुने ठाँउमा सम्बन्धित निकायले कुनै ध्यान दिन भने सकिरहेको छैन । खोलाका किनारामा तटबन्ध लगाउनुपर्ने हो । तर अहिले सम्म त्यो पहल कदमी चाल्न भने सकिरिहेको छैन । मुख्य गरी विराटनगरलाई बढी प्रभावित पार्ने भनेको सिघिया खोला र केशलिया खोला हुन् ।
यसअघि केशलिया खोलाबाट धार परिवर्तन गरि विराटनगरको दक्षिणी भेग डुवानमा परेका थिए । विराटनगर वडा नम्बर ६ डम्पिङ साईडको उत्तरपटीबाट नदिले धार परिवर्तन गरेको थियो । जसले गर्दा विराटनगर ११ , १२ , १६ र १५ वडालाई प्र्रत्यक्ष असर पार्यो । त्योसँगै केशलिया ईक्राइको पनि ड्याम फुटेर एयरर्पोट क्षेत्रका बस्ती डुवानमा परेको थियो। । यता महानगरपालीकाले तटबन्धमा बढी खर्च हुने र सिमित स्रोत साधन भएका कारण प्रदेश सरकारसँग समन्वय गरेर दिर्घकालिन योजनामा रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरको एक्लो बजेटले सो क्षेत्रमा खर्च गर्न नसक्ने भएका कारण प्रदेश एक सरकार अन्तरर्गतको आन्तिरक मामिला मन्त्रालयको बजेट स्रोत परिचालन गरेर दिर्घकालिन योजनामा रहेको विराटनगर महानगरपालिकाका विपद् व्यावस्थापन समितिका सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।
खोला नाला स्थानिय वस्तीको मिलेमतो मै उत्खनन् भएकै कारण पनि आज यसरी खोलानदिहरुले धार परिवर्तन गर्दै आएको जगजाहेर छ ।
यता महानगरपालिकाले नदि किनारको ३ सय मिटर वरपर गिटी बालुवा माटो उत्खनन् गर्न नपाईने कानुन निर्माण गरेर ल्याएको छ । तर, पनि प्रशासनको आँखा छलेर नदिकिनारामा खोला उत्खनन भएका कारण नदिले धार परिर्वतन गरेको उदाहरण प्रसस्त छ । यसको रोकथाम तथा नियन्त्रणको लागी महानगरले अबको दिनहरु कडाईका साथ लागी परेको प्रधानको भनाई छ ।
विराटनगर महानगरपालिकाले यस पटक वडा स्तरमा नै बाढी र डुवानबाट जोगाउन स्वयंसेवक दस्ता गठन गरेको समेत प्रधानले बताउनुभयो । महानगरपालिकाले बाढी प्रभावित क्षेत्रको कार्यजोजना बनाएर उद्धारको कार्य गर्ने तयारीमा जुटेको प्रधानको भनाई छ ।
जिल्ला प्रशासन कार्यलय जिल्ला विपद व्यवस्थापन समितिको प्रमुख भुमिका रहेको हुन्छ । तटिय क्षेत्रको अवलोकन गरी आवश्यक सामग्री खरिद गरेर तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यलय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार स्थानीय तहको वडा स्तरमा विपदबाट नै न्यूनीकरण गर्ने नीति अपनाइएको छ । जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक सामग्री खरिद गरेर तयारी अवस्थामा रहेको पोखरेलले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा जनताको सुरक्षाको लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँको भनाई छ ।