चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउने

<span class='c1'>चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको</span> <span class='c2'>खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउने</span>

काठमाडौं

चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । आगामी सेप्टेम्बर महिनादेखि चीनमा सामुदायिक विद्यालय सञ्चालन हुँदैछन् ।
अस्पताल र सुपरमार्केटमा प्रबेशका लागि समेत खोप लगाएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकिएको छ । चीनले सन् २०२१ भित्र ६४ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । यसअघि फ्रान्स र ग्रीसले समेत केही क्षेत्रमा प्रबेशका लागि खोप अनिवार्य लगाएको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

बीबीसीका अनुसार गुआङ्सी प्रान्तको बेइलिउ शहरमा सार्वजनिक गरिएको सूचनामा बालबालिकाको विद्यालय प्रबेश सुनिश्चित गर्न यथाशिघ्र खोप लगाउन अभिभावकलाई आग्रह गरिएको छ । अन्य प्रान्तका स्थानीय सरकारले समेत यस्तै निर्देशन जारी गरेको छ । हेबेई प्रान्तमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले अनिवार्य खोप लगाएपछि मात्रै विद्यालय प्रबेश पाउने सूचना जारी गरिएको छ । यद्दपी अन्य उमेर समूहका बालबालिकाबारे भने प्रष्ट गरिएको छैन् ।

- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्