बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

<span class='c1'>बैंकिङ कसुरका फरार</span> <span class='c2'>प्रतिवादी पक्राउ</span>

बिराटनगर । बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ ।

बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७–१०–२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका–८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई पक्राउ गरिएको हो । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानीत जिल्ला अदालत चितवनको २०७७–१०–१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ–४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्