विराटनगरमा करिब १५ घण्टा विद्युत अवरुद्ध

<span class='c1'>विराटनगरमा करिब १५</span> <span class='c2'>घण्टा विद्युत अवरुद्ध</span>

विराटनगर । विराटनगरका अधिकांश स्थानमा हिजो साँझबाट गएको विद्युत आज विहान मात्र आएको छ । विराटनगर वार्ड नम्बर ४, ५, ११ , १२ लगायतका केहि क्षेत्रमा हिजो साँझ करिब ६ बजेपछि अवरुद्ध भएको विद्युत आज १० बजे पछि मात्र आएको छ ।

सोमबार साँझ आएको भारी वर्षाका कारण फिडरमा आएको खराबीका कारण विद्युत अवरुद्ध भएको विधुत प्राधिकरण विराटनगरका प्रमुख मिथिलेश कुमार गोहीवारले जानकारी दिनुभयो । उहाँले मोरङको टंकीसिनवारीमा विभिन फिडरहरुमा झरीका कारण समस्या आएकाले सो को मर्मत गर्ने र परिवर्तन गर्नु पर्ने भएकाले समय लागेको बताउनु भयो । 'विराटनगर क्षेत्रमा २५-२६ वटा फिडरहरु छन् ति मध्ये केहिमा समस्या आएकोले तत्कालै मर्मत टोली परिचालन भएर विद्युत सूचारु गरेपनि भृकुटि फिडरको मर्मतमा समय लागेको हो ।', प्रमुख गोहीवारले आवर विराटनगरलाई बताउनु भयो ।

विराटनगरको कुन कुन क्षेत्रमा विद्युत अवरुद्ध भएकोछ भनि हामीले हाम्रा पाठकलाई सोधेका थियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्