विराटनगरमा सोमबारदेखि थप नागरिकलाई खोप लगाईने

<span class='c1'>विराटनगरमा सोमबारदेखि थप</span> <span class='c2'>नागरिकलाई खोप लगाईने</span>

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा आगामी ११,१२ र १३ गते थप नागरिकलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यक्रमका लागि प्रि–रजिष्ट्रेसन (पूर्व नाम दर्ता)का लागि आह्वान गरेको हो ।

महानगरको खोप समन्वय समितिको आज बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्राथमिकतामा राखेको छ । यसैगरी सरकारी संस्थामा कार्यरत कर्मचारी, कानुन व्यवसायी, बैकिङ क्षेत्रका कर्मचारी (सहकारी बाहेक), एयरलायन्सका कर्मचारी, सुरक्षाकर्मी, विश्वविद्यालय तथा विद्यालयका शिक्षक तथा सार्वजानिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई खोप लगाईने भएको छ ।

खोप लगाउनका लागि विरेन्द्र सभागृह, कोशी अस्पताल र नेपाल परिवार नियोजजन संघमा केन्द्र निर्धारण गरिएको छ । महानगरका ७ हजार ५०० जनालाई खोप उपलब्ध गराईने छ । यस पटक खोप लगाउने ईच्छुकले प्रि–रजिष्ट्रसन गर्नुपर्नेछ । https://vaccine.mohp.gov.np मा गएर आफ्नो नाम दर्ता गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्