विराटनगरमा मोटरसाइकलमा मृत भेटिएका न्यौपानेलाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा

<span class='c1'>विराटनगरमा मोटरसाइकलमा मृत भेटिएका न्यौपानेलाई ठक्कर</span> <span class='c2'>दिने ट्रक र चालक नियन्त्रणमा</span>

विराटनगर । विराटनगर–धरान सडक खण्ड अन्तर्गत बिजुली अफिसमा गत साउन ४ गते मोटरसाइकलमा मृत अवस्थामा फेला परेका व्यक्तिलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । बेलुका ८ः२० बजे मोटरसाइकलमै मृत भेटिएका विराटनगर–५ का ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको मृत्यु को १ क १३३३ नम्बरको ट्रकले ठक्कर दिएर भएको खुलेपछि चालकलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले धरान–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई पक्राउ गरेको छ । उनले चलाएको ट्रकले को ४ प २३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ न्यौपानेको मृत्यु भएको थियो । रहस्यमय जस्तो लाग्ने घटनाको सम्बन्धमा प्रहरीले लामो अनुसन्धानपछि चालक राईलाई नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्