विराटनगरमा बेहोस भेटिएका अटो चालकको नोबेल पुर्याउन साथ मृत्यु

<span class='c1'>विराटनगरमा बेहोस भेटिएका अटो चालकको</span> <span class='c2'>नोबेल पुर्याउन साथ मृत्यु</span>

विराटनगर । विराटनगर एयरपोर्ट मोडमा अटो भित्रै बेहोस अवस्थामा फेला परेका चालकको मृत्यु भएको छ । आफ्नै अटोमा बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय बिशम श्रेष्ठलाई नोबेल मेडिकल कलेजमा मृत घोषणा गरिएको हो ।

सोमबार साँझ अटोमै बेहोस अवस्थामा फेला परेका उनलाई नोबेल मेडिकल कलेज पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । एयरपोर्ट मोडको पश्चिमतर्फ रोकेर राखेको को २ ह २३३३ नम्बरको अटोमा उनलाई बेहोस अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार अहिले मृतक श्रेष्ठका आफन्त सम्पर्कमा आईसकेका छन् । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्