विराटनगरमा आन्दोलन खप्टिदा थप कडा , सर्वसाधरण हैरान

<span class='c1'>विराटनगरमा  आन्दोलन खप्टिदा थप</span> <span class='c2'>कडा , सर्वसाधरण हैरान</span>

विराटनगर ७ साउन ।
तराई मधेसमा थरुहट र मधेसी मोर्चाले बन्द थप कडा बनाउँदै लगेका छन् । आज आदिवासी जनजातिको समेत बन्द खप्टिएपछि बिराटनगरबासीले थप हैरानी ब्यहोरर्नु परेको छ । प्रदेशको सीमाङकनको विरोधमा अघिल्लो सातादेखि भएको तराई मधेस बन्दलाई आयोजकहरुले थप कडा बनाउन थालेका छन् । यसअघिको मधेस आन्दोलनकै झल्को आउने गरी उनीहरुले बन्दलाई थप कडा तुल्याएका हुन् । बन्दकर्ताहरुले हिजो देखि पूर्व(पश्चिम राजमार्ग क्षेत्र तथा कोशी राजमार्ग क्षेत्रमा निर्वाधरुपमा सञ्चालन हुदै आएका मोटरसाइकल र साइकललाई समेत सञ्चालनमा रोक लगाएपछि सर्वसाधारणले थप सास्ती ब्यहोर्न थालेका छन् । बन्दकर्ताले मोटरसाइकल र साइकलमा चढेकाहरुलाई ओर्लेर हिँड्न बाध्य पारेका छन् । जसका कारण लामो समयदेखि सार्वजनिक सवारी साधन बन्द भएपछि साइकल तथा मोटरसाइकलमा आफ्नो गन्तव्यमा जाने सर्वसाधारणले थप सास्ती व्यहोरेका छन् । इटहरीदेखि बिराटनगर हिँडेका सर्वसाधारणलाई खनार क्षेत्रको करिव २ सय मिटर राजमार्गमा उनीहरुले सवारी साधन डोर्‍याउन लगाएका छन् । प्रदेशको सीमाङकनको विरोधमा मधेसी मोर्चा, थारुवानलगायतले आह्वान गरेको बन्दका कारण विगत १० दिनयता तराईका जिल्लाहरु बन्द हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्